१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देही प्रहरीबाट छ लाख ५० हजार बढी मुल्यको काठ बरामद



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा साल तथा सिसमको काठ बरामद गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई र कञ्चन गाँउपालिकाको कुत्तागाँउबाट साल तथा सिसमको काठ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनीले बिहिबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका १ खुनगाईबाट १५ गोलिया काठ बरामद गरेको हो । काठ ओसार पसार गर्न प्रयोग भएको लु १ त १२६१ नम्बरको ट्याक्टरमा अबैध रुपमा बिना कागगजात सिसौको काठ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । काठ ओसारपसारमा संलग्न ट्याक्टर चालक लुम्बिनी साँस्कृतिक नगरपालिका १० पिलपतियाका २७ वर्षिय जितेन्द्र यादवलाई पनि पक्राउ गरिएको थापाले बताए ।

ट्याक्टरमा लोड गरेर अन्यत्र लगिँदै गरेको अवस्थामा बरामद भएको काठको अनदाजी मुल्य ४ लाख भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलिले पनि कञ्चन गाँउपालिका कुत्तागाँउबाट खुल्ला चौरमा राखिएको ३ गोलिया सालको काठ र लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरिएको १ थान बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी २ लाख ४५ हजार मुल्य पर्ने ९३८.७२ क्युफट काठ बरामद भएपनि काठको कारोबार गर्ने व्यक्ति भने प्रहरी देख्नासाथ फरार भएको डीएसपी थापाले बताए ।

बरामद भएको काठ बन ऐन अनुसार कारवाहीका लागि डिभिजन बन कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ३१ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा