६ भदौ २०८३, शनिबार | August 22, 2026

१० बुँदे कार्यन्वयन सहजिकरण कार्यदलको संयोजकबाट भिम रावलको राजीनामा, बैठकमा ५ पृष्ठको फरकमत दर्ता



काठमाडौं । एमाले विवाद मिलाउन बनाईएको १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट नेकपा एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक भीम रावलले राजीनमा दिने घोषणा गरेका छन् । रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको बताए । ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ बैठकपछि उपाध्यक्ष रावलले भने । राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने उनले बताए ।

उनले १० बुँदे सहमति विपरित दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् । यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको उनको जानकारी दिए । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका छन् । ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने ।

उनले ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए । रावलले प्रभु साहले भनेको भरमा सहमति र विधान विपरित केन्द्रीय सदस्य राख्नु विधिसम्मत निर्णय नभएको पनि बताए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : १४ बजे

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना