२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब



काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो । गत आर्थिक वर्षमा सूचना प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक उपकरण खरिद तथा आयातमा मात्र विभिन्न सेवाप्रदायक कम्पनीले कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ विभिन्न मुलुकमा पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो तथ्यांक औंल्याएको हो । त्यस अवधिमा विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको छ ।

जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७।०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।

त्यसैगरी, कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्च भएको रकमको ४८.११ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा वल्र्डलिंक कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधि भित्र्याएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको प्राधिकरणले जनाएको छ । जसअनुसार १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ०४ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको