२८ माघ २०८२, बुधबार | February 11, 2026

अन्तराष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याइएको बुद्धमुर्तिको भैरहवामा भब्य स्वागत, शोभाकलश सहित नगर परिक्रमा गराइयो



बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न तयार गरिएको बुद्धको मुर्तिलाई रुपन्देहीको भैरहवामा बजागाजा सहित नगर परिक्रमा गराईएको छ । विमानस्थल परिषरमा राख्नका लागि शुक्रबार मात्र नेपाल आईपुगेको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको हो ।

म्यान्मारका कालिगरहरुले बनाएको उक्त मुर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइपु¥याईएको थियो । मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्। बुद्धमुर्तिलाई नगरपरिक्रमा गराउन सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूले अगुवाई गरेका थिए । बेलहिया भन्सार परिसरबाट शोभा कलश यात्रा सहित उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको थियो ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनलाई उपलब्ध गराएको उक्त बुद्धमूर्ति फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याएको जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतको टोली स्पेनको एक कार्यक्रममा गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

बुद्धमूर्तिलाई बुद्ध जन्मभूमि लुम्बिनी परिक्रमा गराई पुनः विमानस्थल ल्याएर राखिने छ। बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति साढे २ अर्ब मूल्य बराबर रहेको बताइएको छ । एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम रहेको छ। सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।

विमानस्थलमा राखेपछि आगामी कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भइसकेको लुम्बिनी गार्डेन फाउन्डेसनका सचिव तुलसीराम लामिछानेले जानकारी दिए। बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ४२ बजे

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौं । चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल