१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

शैक्षिक सामग्री तथा ब्याग वितरण



बुटवल । किवानीज ईन्टरनेशनल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. १९ को मनोहरापुर स्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कपिकलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको ब्याग हस्तान्तरण गरि दिवस मनाएको हो ।

हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज वन डे का रुपमा मनाइदै आएको अध्यक्ष अध्यक्ष टिकाराम पाण्डेले बताए । एक कार्यक्रमका बिच क्लबका अध्यक्ष टिकाराम पाण्डे, निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष मनोज राना, प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्याल, पुर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, सचिव सागर गौतम, सदस्यहरु निरज श्रेष्ठ, ओमप्रसाद अर्याल, विद्यालयका प्राचार्य मातृका प्रसाद वाग्लेले बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरेका छन ।

बुटवल उपमहानगरपालिका भित्र रहेपनि विकासबाट पिछडिएको सो विद्यालयलाई रोजेर वार्षिक कार्यक्रम गर्दै आएको प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्यालले बताए । यसैगरि कक्षा १ देखि ५ सम्मका २३ जना विद्यार्थीहरुमाझ खुला चित्रकला प्रतियोगितासमेत गरिएको छ। बालबालिकाहरुलाई रुचि अनुसार विभिन्न चित्र कोरेर रंगरोगन गरेका थिए ।

प्रतियोगितामा दिपा थारु प्रथम हुँदै नगद ३ सय रुपैया, यसैगरि आशिका थारु द्घितिय स्थान हासिल गर्दै नगद २ सय रुपैया तथा राहुल यादव र सिजन परियार तृतिय, सान्त्वना हुने रामनारायण यादव र अश्विन यादवलाई नगदबाट पुरस्कृत गरिएको थियो ।

किवानीजले विश्वब्यापी रुपमा आयोडिन युक्त नुन अभियान चलाएको छ । विश्वब्यापी रुपमा रहेको क्लबको हाल रुपन्देहीमा ३ वटा शाखाहरु छन । विद्यालय परिसरमा निर्माण गरिएको फलामे पिङसमेत हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ५३ बजे

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।