२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमालेको ६ हजार बढी वडा कमिटीको प्रथम अधिवेशन सम्पन्न



काठमाडौं । नेकपा (एमाले)ले आज एकै दिनमा देशभरि ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । मुलुकभर रहेका ६ हजार ७४३ वडा मध्य ६ हजार बढी वडामा आजै अधिवेशन सम्पन्न भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दाबी गरेका हुन् । तामाङले बाढी, पहिरोका कारण केही जिल्लाका वडाहरुमा भने अधिवेशन रोकिएको उनले बताए ।

तामाङका अनुसार आजै देशभरका १ लाख ८६ हजार कार्यकर्ताहरुले वडा स्तरिय कमिटीको नेतृत्व सम्हालेका छन् । एमालेको विधानमा वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित हुने व्यवस्था छ । सबै वडा अधिवेशन सकिँदा २ लाख ९ हजार ३३ जना स्थानीय नेताहरुले एमालेको जग वडा कमिटीको नेतृत्व सम्हाल्ने छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । बाढी, पहिरोका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने गरि तयारी भएको तामाङले बताए । आज बिहान देशैभरिका वडा अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले भर्चुअल उदघाटन गरेका थिए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन सम्पन्न गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गतृ सम्ममा तीनै तहको पालिका अधिवेशन सम्पन्न गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने एमाले स्थायी कमिटीले निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ०८ बजे

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट