२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपाल एयरलाइन्सद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम



कैलाली । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

धनगढीबाट डोटी दुई हजार ६१५ रुपैयाँ र डोटीबाट धनगढी दुई हजार ५१५, धनगढीबाट बझाङ तीन हजार ९९५ रुपैयाँ र बझाङबाट धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभया । यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने उनको भनाइ छ । उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन् समस्या भइरहेको विमानस्थलले जनाएको छ ।

पहाडी जिल्लमा हवाइ सेवा सञ्चालन हुने भएपछि गत असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैं मनाउन घर आएका काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा अध्ययनरत विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सहज हुने जनाइएको छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : २७ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान