६ भदौ २०८३, शनिबार | August 22, 2026

प्रधानन्यायाधीस जबरालाई नेपाल बारका पदाधिकारीले भेट्दै



काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले आज प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई भेट गर्न लागेको छ ।

बारको कार्यसमितिले ११ बजेपछि प्रधानन्यायाधीस जबरालाई भेट गर्न लागेको हो । मन्त्रिपरिषद्मा भागवण्डा खोजेको लगायतका कैयौं विवादमा जबरा तानिएपछि बार कार्यसमितिमा उनी विरुद्ध आवाज उठाउनुपर्ने विषयमा छलफल भएको थियो ।

कुनै पनि निर्णय लिनुअघि प्रधानन्यायाधीससँग भेटेरै छलफल गर्ने सहमतिअनुसार आज बार पदाधिकारीले भेट गर्न लागेको हो । बारभित्र प्रधान्यायाधीसलाई बहिस्कार गर्नुपर्नेसम्मको आवाज उठिरहेको छ । कानून व्यवसायीहरुले अदालतमा न्यायाधीसहरुलाई बेन्च सेयर नगर्न समेत दबाब दिनुपर्ने बताइरहेका छन् ।

मन्त्रिपरिषद् विस्तारका क्रममा आफ्ना जेठानलाई मन्त्री बनाउन लविङ् गरेको, यसअघिको सरकारका पालामा संवैधानिक परिषद्मा आफ्ना मान्छे भर्ति गराएको, न्यायालयको स्वच्छता र मर्यादा विपरितका काम गरेको लगायतका आरोप प्रधानन्यायाधीस जबरामाथि लाग्दै आएको छ । पूर्व न्यायाधीसहरुको फोरमले त प्रतिनिधिसभामा उनी विरुद्ध महाअभियोग समेत लगाउनुपर्ने माग गरेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी