४ पुस २०८२, शुक्रबार | December 19, 2025

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह



धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् । सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप समेत लगाए ।

“चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भएपनि राम्रो हुँदैन्”, नेता सिंहले भने, “क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।”

नेता सिंहले आफू आसन्न १४औँं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दावी गर्दै मङ्सिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्न के गाह्रो छ भनी प्रश्न गरे । उनले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकाले यसलाई अब तोड्नुपर्ने बेला आएको बताउँदै यसमा परिवर्तनका लागि आफू प्रवल दाबेदार रहेको उल्लेख गरे ।

नेता सिंहले गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको हुँदा आफू पार्टी सभापतिका सबल र सक्षम उम्मेदवार रहेको दाबी गरे। उनले भने, “पार्टीलाई सबल र सुदृढ बनाउनका लागि यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिपरेको छु ।”

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ४५ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह