६ भदौ २०८३, शनिबार | August 22, 2026

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह



धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् । सिंहले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप समेत लगाए ।

“चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भएपनि राम्रो हुँदैन्”, नेता सिंहले भने, “क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।”

नेता सिंहले आफू आसन्न १४औँं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दावी गर्दै मङ्सिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्न के गाह्रो छ भनी प्रश्न गरे । उनले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकाले यसलाई अब तोड्नुपर्ने बेला आएको बताउँदै यसमा परिवर्तनका लागि आफू प्रवल दाबेदार रहेको उल्लेख गरे ।

नेता सिंहले गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको हुँदा आफू पार्टी सभापतिका सबल र सक्षम उम्मेदवार रहेको दाबी गरे। उनले भने, “पार्टीलाई सबल र सुदृढ बनाउनका लागि यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिपरेको छु ।”

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ४५ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी