१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पाँच वर्षमा १० खर्ब लगानी भित्र्याउने बोर्डको रणनीतिक योजना



काठमाडौं । आगामी पाँच वर्षभित्र १० खर्ब लगानी भित्र्याउने लक्ष्य लिएको लगानी बोर्डले त्यसअनुसार, रणनीतिक योजना तथा व्यावसायिक योजना (२०२१-२०२६) तयार पारेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२६ सम्म लगानी बोर्डबाट कम्तीमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत भइसक्ने अपेक्षासहित व्यावसायिक योजना तयार भएको जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग नयाँबानेश्वरस्थित बोर्डको सचिवालयमा भएको अन्तरक्रियामा सीईओ भट्टले बोर्डको संस्थागत संरचना मजबुत र प्रभावकारी बनाएर मुलुकमा लगानी विस्तार गर्न रणनीतिक योजना बनाइएको बताए ।

उक्त प्रयोजनका निम्ति विगतदेखि लगानी गरिरहेका लगानीकर्ता, लगानी गर्न इच्छुक र नयाँ लगानीकर्तालाई नेपालमा लगानीको वातावरणबारे आश्वस्त पार्ने योजना बनाइएको बोर्डले जनाएको छ । बोर्डले यो अवधिमा ६ खर्ब बराबरको सार्वजनिक-निजी-साझेदारी परियोजना व्यवस्थापन गर्ने र लगानी बोर्डलाई यस अवधारणाको ‘उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यसमेत लिएको जनाएको छ ।

लगानी बोर्डको क्षेत्राधिकारमा अहिले ६ अर्बभन्दा माथिका सम्पूर्ण परियोजनाको लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन रहेको छ । ऊर्जा परियोजनामा भने २०० मेगावाटभन्दा माथिका परियोजना रहेका छन् । बोर्डले उपयुक्त परियोजनामार्फत एक लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १८ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण