१० श्रावण २०८३, आइतबार | July 26, 2026

अमेरिकाले दिएको फाइजर खोप आज काठमाडौं पुग्दै



काठमाडौं । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको फाइजर खोप आज काठमाडौं आइपुग्न लागेको छ ।

अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज खोप दिएको छ। अमेरिकाबाट पठाएको खोप आज काठमाडौं पुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो। यो खोप एक डोज लगाए मात्र पुग्छ ।

अहिले दिएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन मिल्छ। यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानमा देखिएको छ ।

फाइजर खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

यसपछि अमेरिकाबाटै ६० लाख फाइजर खोप खरीद गर्न लागिएको छ । पुससम्म आउने खोप बालबालिकालाई लगाइनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ३९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले