१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बिना दर्ता औषधि पसलको कुशेमा हालिमुहाली



जाजरकोट । कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन् । पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन् ।

चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए ।

जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन् ।

सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औषधि पसलको संख्या बढी छ । स्वास्थ्य चौकीको संख्या पाँच र आधारभूत स्वास्थ्य सेवा केन्द्रको संख्या चार मात्र छ । भएका स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिन्छ। करारका अधिकांश स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य संस्था धानेको देखिन्छ ।

साथै कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन । स्वास्थ्य सेवा कार्यालय, पालिकामा खबर गर्नकै लागि हिँडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था छ । २४ हजार १७१ जना जनसंख्या रहेको कुशेमा प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शून्य छ ।

सबै पालिकामा संघीय सरकारले १०-१५ शैय्याको अस्पताल बनाउनका लागि पहल भए पनि कुशेमा भने सो हुने सकेको छैन । सबै भन्दा बढी हवाइ सेवा लिने बिरामीहरूमध्ये कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउँद मात्र सञ्चालन हुने गर्दछ । वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ४७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा