२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

गृहमन्त्रीलाई खुसी पार्न नसक्दा आएको ४ महिना पनि टिकेनन् बुटवलका डीएसपी



बुटवल । प्रहरी संगठनमा नेता रिझाउन नसक्दा विधि पद्दतीको कसरी धज्जी उडाईन्छ भन्ने पछिल्लो उदाहरण गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला रुपन्देहीमा देखिएको छ । गृह जिल्लामा गहृमन्त्रीलाई खुसी पार्न नसक्दा प्रहरी संगठनको आन्तरिक मुल्याँकनमा उत्कृष्ट ठहरिएपनि गृहमन्त्री खाँणको ठाडो आदेशमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरको सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आन्तरिक मुल्यांकनमा उत्कृष्ट प्रहरी अधिकृत बनेका डीएसपी कुँवर पुरस्कृत भएको अर्को दिन गृहमन्त्रीको सुरुवाको आदेशमा परेका छन् । शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए ।

बुटवल सरुवा आएपछि केही राम्रो कामको सुरुवात गरेका कुँवरलाई गृहमन्त्री र उनको परिवारका सदस्यहरुलाई सेवा नपु¥याएकै आधारमा सरुवा गरिएको प्रहरी अधिकृतहरुले नै चर्चा गरेका छन् । कुँवरको स्थानमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ ।

मोतिपुर औद्योगिक क्षेत्र बन्दा पूर्ववर्ती सरकारलाई जस जाने देखिएपछि खाँणकै सहमतिमा मोतिपुरमा जग्गा अतिक्रमण गर्नेहरुलाइ हटाउने नामर्मा आवश्यकता भन्दा बढी बल प्रयोग गरेको र सोही घटनामा चार जनाको मृत्यु भएको तथा तिलोत्तमाकी २७ वर्षिया सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठ्न नसक्दा गृहमन्त्रीको आलोचना भएको महसुस गर्दै कुँवरलाई गृहमन्त्रीको एकल निर्णयबाट सरुवा गरिएको बताइएको छ । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू खांण निकटका भएको खुलासा हुँदै गएपछि अतिक्रमणमा खाँणकै हात हुन सक्ने अनुमान गरिएको थियो ।

कुँवरलाई प्रहरी प्रधान कार्यालयको ट्राफिक महानिर्देशनालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ४३ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल