३ पुस २०८२, बिहिबार | December 19, 2025

महाधिवेशनमा आफु नै सभापतिको उम्मेदवार भएको वरिष्ठ नेता पौडेलको दाबी



नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफु स्वभाविक रुपमा सभापतिको उम्मेदवार हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने दाबी गरे । आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफुले स्वाभाविक उम्मेदवारी पाउनु पर्ने बताए ।

उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताउँदै माहाधिवेशनका विषयमा छलफल गर्न कार्यसमितिको बैठक समेत नबोलाईएको गुनासो गरे । ‘दसै अगाडी नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवशेशन कसरी समयमा गछौं, छलफल गरौं भनेर मैले भनेको हुँ, ।’ पौडेलले भने ।

उनले पार्टीको अधिवशेन समयमा हुनुपर्ने उल्लेख गर्दै अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्थामा रहेको बताए । ‘बैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’

संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने दायित्व रहेको समेत उनले बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजादा ओली नेतृत्वको सरकारलाई हटाउन बाध्य भएको पौडेलले बताए । कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेलको भनाई छ ।

पत्रकारहरुको एक प्रश्नमा नेता पौडेलले काँग्रेस कार्यकर्ताको भावना आगामी निर्वाचनमा एक्लै चुनाव लड्नु पर्छ भन्ने नै रहेको स्पष्ट पारे । ‘देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निर्णय होला ।’ उनले भने ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको