२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

महाधिवेशनमा आफु नै सभापतिको उम्मेदवार भएको वरिष्ठ नेता पौडेलको दाबी



नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफु स्वभाविक रुपमा सभापतिको उम्मेदवार हुने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भएपनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने दाबी गरे । आफु १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफुले स्वाभाविक उम्मेदवारी पाउनु पर्ने बताए ।

उनले अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताउँदै माहाधिवेशनका विषयमा छलफल गर्न कार्यसमितिको बैठक समेत नबोलाईएको गुनासो गरे । ‘दसै अगाडी नै कार्यसमिति बैठक बोलाउनुुस्, पार्टीको अधिवशेशन कसरी समयमा गछौं, छलफल गरौं भनेर मैले भनेको हुँ, ।’ पौडेलले भने ।

उनले पार्टीको अधिवशेन समयमा हुनुपर्ने उल्लेख गर्दै अधिवेशन नहुँदा पार्टी बैधानिक संकटमा परेको अवस्थामा रहेको बताए । ‘बैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं ।’

संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने दायित्व रहेको समेत उनले बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजादा ओली नेतृत्वको सरकारलाई हटाउन बाध्य भएको पौडेलले बताए । कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोहोर्याउन नहुने पौडेलको भनाई छ ।

पत्रकारहरुको एक प्रश्नमा नेता पौडेलले काँग्रेस कार्यकर्ताको भावना आगामी निर्वाचनमा एक्लै चुनाव लड्नु पर्छ भन्ने नै रहेको स्पष्ट पारे । ‘देशको परिस्थितीले के कुराको अनुभती गर्दछ, त्यतिखेर नै निर्णय होला ।’ उनले भने ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ०० बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल