२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा मंसिर ६ गते



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आगामी मंसिरमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारण सभा आगामी मंसिर ६ गते सोमबार गर्ने निर्णय गरेको हो ।

संघले यस अगाडि असोज १८ गतेलाई तय गरिएको साधारण सभा कोभिड १९को कारण देखाउँदै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो ।

साधारण सभा सम्पन्न गर्नको लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गरेको थियो । साधारण सभाको लागि हल तथा मञ्च व्यबस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले ति समितिहरुलाई जिम्मेवारी अनुसारका तयारीका काम गर्न आग्रह गरेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

बैठकमा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, महेशमान सिंह, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले आ–आफ्ना धारणा सहित सुझावहरु राख्नुभएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : १३ बजे

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११