२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आगामी चैत्र पहिलो साता स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगद्वारा सरकारलाई सिफारिस



काठमाडौं । आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगले सरकारसँग सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले चैत्र ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सिफारिस गरेका हुन् ।

स्थानीय तहको चुनाव दुई २०७४ बैशाख ३१, जेठ ३१ र असोज २ मा गरी तीन चरणमा भएको थियो । संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने रहेको छ । तर, निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तह रिक्त हुनुभन्दा २ महिनाअघि नै चुनाव भैसक्नुपर्ने रहेको छ ।

यसैगरी आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदको लागि माघमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोग पदाधिकारीहरुको प्रस्ताव सुनेपछि प्रधानमन्त्री देउवाले चुनावबारे सरकारले उपयुक्त निर्णय गर्ने बताएका छन् । दलहरुसँग छलफल गरेर यसबारे निर्णय लिइने देउवाले बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा रिक्त हुन लागेको पदका लागि छिट्टै मिति तोक्ने बताएका छन् ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३४ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल