३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर चौतर्फी घेराबन्दीमा, सबैको एउटै स्वर : प्रधानन्यायाधीसपदबाट राजीनामा देउ



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र चोलेन्द्र शमशेर जवरा चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नै सहकर्मी न्यायाधीसहरुले बहिस्कार गरेका कारण फुल कोर्ट बैठक बसाल्न नसकेको केहीबेरमा कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बारले प्रधानन्यायाधीसको राजीनामाको माग गरेको छ । फुलकोर्ट बिहस्कार गरेका १३ न्यायाधीसहरुको बैठकले पनि प्रधानन्याधीसको राजीनामा माग गरेको छ ।

नेपाल बारको आज बसेको बैठकले प्रधानन्यायाधीस जवरालाई मार्ग प्रसस्त गर्न माग गर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारको आजको बैठकले राजीनामा दिएर निकास दिन प्रधानन्यायाधीसलाई सुझाव दिने निर्णय गरेको भएपनि बारका सल्लाहकारहरुको बैठक पछि मात्र आज गरिएको निर्णय आधिकारीकरुपमा सार्वजनिक गरिने बताइएको छ । भोलिदिउँसोका लागि नेपाल बारको सल्लाकार समितिको बैठक डाकिएको छ ।

आजै पूर्व न्यायाधीवक्ता रमण श्रेष्ठले पनि प्रधानन्यायाधीस जवरालाई राजीनामा दिएर निकास दिन माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पदमा रहँदा त्यसले प्रधानन्यायाधीशलाई नै क्षति हुने बताए । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्ने उनले प्रस्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका