८ बैशाख २०८१, शनिबार | April 20, 2024

खोटाङमा एमालेको ७८ वडा अधिवेशन टुंगियो, एकमा विवाद



खोटाङ । विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ-आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको वडा अधिवेशन हुन नसकेको हो ।

९ कात्तिकमा हुने पालिका अधिवेशनपछि वडा कमिटीलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ । प्रदीप निवर्तमान वडा कमिटी अध्यक्ष हुन् । यद्यपि, विवादका बीच नगर अधिवेशनमा सहभागी हुने पाँच जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिवेशन सम्पन्न भइसक्दा राजापानीको अधिवेशन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा र रावाबेँसी गाउँपालिका-६ हौंचुरको वडा अधिवेशन ८ कात्तिकमा सम्पन्न भएको छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका-८ धितुङको वडा अधिवेशन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिवसहित सदस्य चयन गरिरहेका छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ५७ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस