१० श्रावण २०८३, आइतबार | July 26, 2026

१५ न्यायाधीशको छलफलः प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै



काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको छलफलमा पनि प्रधानन्यायनधीशले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन् । छलफलका क्रममा प्रधान्यायनधीशले राजीनामा नदिने अडान लिएपछि थप छलफल गरेर उनीहरुले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुको विकल्प नरहेको अडान दोहोर्‍याएका हुन् ।

प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको उनीहरुको ठहर छ । आजको छलफलमा पनि न्यायाधीसहरुले राजीनामा नै अहिलेको समस्याको निकासको उपयुक्त विकल्प भएको निष्कर्श निकालेका छन् ।

सोमबारको निर्णय अनुसार न्यायाधीशहरूसँग करिब ४५ मिनेट छलफलका क्रममा क्रममा प्रधानन्यायाधीश जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए ।

न्यायाधीशहरुसँगको बैठकमा जवराले आफु संविधान अनुसार नियुक्त भएकाले संविधान अनुसार नै बहिर्गमन हुने अडान सुनाएका थिए । ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन पनि संविधान बमोजिम नै हुन्छ । जबराको भनाइ उद्धृत गर्दै सवोच्चका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । प्रश्न उठेका जती सबै न्यायाधीशहरुले राजीनामा दिने भए आफु पनि राजीनामा दिन तयार हुने बैठकमा जवराले बताएका थिए ।

न्यायाधीशहरुको बैठकले बुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।

सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : २० बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल