२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

बार सल्लाहकार समितिको सुझाव – प्रधानन्यायाधीसले राजीनामा नदिए देशभर आन्दोलन



काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्न बार कार्यसमितिलाई सुझाव दिएको छ ।

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीसको राजनीनामा माग्न र उनले राजीनामा नदिए आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको हो ।

बारका पूर्वअध्यक्षहरु र समहासचिवहरु एवं उपत्यकाका बरिष्ठ अधिवक्ताहरू सल्लाहकार समितिका ३७ जना सदस्यहरुको उपस्थितिमा भएको छलफलमा प्रधानन्यायाधीसको राजीनामा माग्ने विषयमा एक जनाबाहेक सबैले समर्थन जनाएका थिए । बार पूर्वअध्यक्ष शेरबहादुर केसीले मात्र प्रधानन्यायाधीसको राजीनामा माग्न नहुने धारणा राखेका थिए । यस्तै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीसको मात्र नभएर प्रतिनिधिसभा विघटन विरुद्ध फैसला गर्ने पाँचै न्यायाधीसको राजीनामा माग्नुपर्ने जिकिर गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भू थापा, रमण श्रेष्ठ, रामनाथ मैनाली, कुमार शर्मा, मुक्ति प्रधान, कृष्ण सापकोटा, सुरेन्द्र महतो, टीकाराम भट्टराई लगायतले प्रधानन्यायाधीसले राजीनामा गर्नुको विकल्प नभएको बताएका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३९ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा