३ पुस २०८२, बिहिबार | December 18, 2025

बार सल्लाहकार समितिको सुझाव – प्रधानन्यायाधीसले राजीनामा नदिए देशभर आन्दोलन



काठमाडौं । नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्न बार कार्यसमितिलाई सुझाव दिएको छ ।

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीसको राजनीनामा माग्न र उनले राजीनामा नदिए आन्दोलन गर्न कार्यसमितिलाई सुझाव दिएको हो ।

बारका पूर्वअध्यक्षहरु र समहासचिवहरु एवं उपत्यकाका बरिष्ठ अधिवक्ताहरू सल्लाहकार समितिका ३७ जना सदस्यहरुको उपस्थितिमा भएको छलफलमा प्रधानन्यायाधीसको राजीनामा माग्ने विषयमा एक जनाबाहेक सबैले समर्थन जनाएका थिए । बार पूर्वअध्यक्ष शेरबहादुर केसीले मात्र प्रधानन्यायाधीसको राजीनामा माग्न नहुने धारणा राखेका थिए । यस्तै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रधानन्यायाधीसको मात्र नभएर प्रतिनिधिसभा विघटन विरुद्ध फैसला गर्ने पाँचै न्यायाधीसको राजीनामा माग्नुपर्ने जिकिर गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भू थापा, रमण श्रेष्ठ, रामनाथ मैनाली, कुमार शर्मा, मुक्ति प्रधान, कृष्ण सापकोटा, सुरेन्द्र महतो, टीकाराम भट्टराई लगायतले प्रधानन्यायाधीसले राजीनामा गर्नुको विकल्प नभएको बताएका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३९ बजे

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका