२८ माघ २०८२, बुधबार | February 11, 2026

बिकास, समृद्धि र सामाजिक न्यायका लागि मुलुकमा एमाले नेतृत्वको बिकल्प छैन : उपमहासचिव पौडेल



बुटवल । नेकपा ( एमाले) का उपमहासचिव बिष्णु पौडेलले बिकास, समृद्धि र सामाजिक न्यायका लागि मुलुकमा एमाले नेतृत्वको बिकल्प नभएको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिबेशनको आज उदघाटन गर्दै उपमहासचिव पौडेलले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने गरि प्रतिनिधि सभामा जाने पार्टीले तयारी थालेको बताए ।

उनले अहिलेको सरकार जनादेश नभइ परमादेशका आधारमा गठन भएकाले यो सरकारले देश र जनताका हितमा काम गर्न नसक्ने ठोकुवा गरे । अबको निर्वाचनपछि जनताको विश्वास जितेर एमालेले नै सरकारको नेतृत्व गर्ने उल्लेख गर्दै उनले ६० प्रतिशत बढी नतिजा सहित एमाले सरकारमा जाने दाबी गरे । “यो सरकारलाई जनताको समर्थन छैन । अब परमादेशको नभइ एमालेको नेतृत्वमा जनादेशको सरकार बन्छ । नेपाली जनताको भविष्य एमालेमा छ ।” पौडेलले भने ।

राष्ट्रको स्वाभिमान उचो बनाउन र मुलुकको दिगो बिकासका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताउँदै उपमहासचिव पौडेलले अब संसदीय दल स्वेच्छाचारी नहुने बताए ।

दक्षिणपन्थी अवसरबादले केपीओली नेतृत्वको सरकारलाई हटाउने काम भएको स्पष्ट पार्दै उनले केही स्वार्थी तत्वहरु पार्टीबाट बाहिरीए पनि जनताले उनिहरुलाई पत्याउने अवस्था नरहेको ठोकुवा गरे । पार्टी छाडेर जानेहरुबाट पार्टीलाई बिसर्जनको दिशामा लैजाने प्रयत्न असफल भएको पौडेलको धारणा छ ।

उनले हरेक किसिमका बेथिती र विसंगती विरुद्ध लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्दै अब नगरमा आउने नयाँ नेतृत्वले बिकासमा भएका ढिलासुस्ती बिरुद्द खबरदारी गर्न आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लिला गिरी, नेताहरु नेत्र पन्थी, भोज प्रसाद श्रेष्ठ, शिबराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशबराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाएर निर्वाचनमा गुणत्मक उपलब्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी