१ पुस २०८२, मंगलबार | December 17, 2025

बिकास, समृद्धि र सामाजिक न्यायका लागि मुलुकमा एमाले नेतृत्वको बिकल्प छैन : उपमहासचिव पौडेल



बुटवल । नेकपा ( एमाले) का उपमहासचिव बिष्णु पौडेलले बिकास, समृद्धि र सामाजिक न्यायका लागि मुलुकमा एमाले नेतृत्वको बिकल्प नभएको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिबेशनको आज उदघाटन गर्दै उपमहासचिव पौडेलले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने गरि प्रतिनिधि सभामा जाने पार्टीले तयारी थालेको बताए ।

उनले अहिलेको सरकार जनादेश नभइ परमादेशका आधारमा गठन भएकाले यो सरकारले देश र जनताका हितमा काम गर्न नसक्ने ठोकुवा गरे । अबको निर्वाचनपछि जनताको विश्वास जितेर एमालेले नै सरकारको नेतृत्व गर्ने उल्लेख गर्दै उनले ६० प्रतिशत बढी नतिजा सहित एमाले सरकारमा जाने दाबी गरे । “यो सरकारलाई जनताको समर्थन छैन । अब परमादेशको नभइ एमालेको नेतृत्वमा जनादेशको सरकार बन्छ । नेपाली जनताको भविष्य एमालेमा छ ।” पौडेलले भने ।

राष्ट्रको स्वाभिमान उचो बनाउन र मुलुकको दिगो बिकासका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताउँदै उपमहासचिव पौडेलले अब संसदीय दल स्वेच्छाचारी नहुने बताए ।

दक्षिणपन्थी अवसरबादले केपीओली नेतृत्वको सरकारलाई हटाउने काम भएको स्पष्ट पार्दै उनले केही स्वार्थी तत्वहरु पार्टीबाट बाहिरीए पनि जनताले उनिहरुलाई पत्याउने अवस्था नरहेको ठोकुवा गरे । पार्टी छाडेर जानेहरुबाट पार्टीलाई बिसर्जनको दिशामा लैजाने प्रयत्न असफल भएको पौडेलको धारणा छ ।

उनले हरेक किसिमका बेथिती र विसंगती विरुद्ध लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्दै अब नगरमा आउने नयाँ नेतृत्वले बिकासमा भएका ढिलासुस्ती बिरुद्द खबरदारी गर्न आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लिला गिरी, नेताहरु नेत्र पन्थी, भोज प्रसाद श्रेष्ठ, शिबराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशबराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाएर निर्वाचनमा गुणत्मक उपलब्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ३९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष