१ पुस २०८२, मंगलबार | December 17, 2025

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे चितवन नछाड्ने घोषणा



काठमाडौं । प्राय हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवको चुनावमा चितवन छाडेर अन्त नजाने बताएका हुन् ।

शान्ति प्रक्रियाको लगत्तै रोल्पाबाट चुनाव लडेका प्रचण्ड त्यस यता काठमाडौं र सर्लाहीबाट निर्वाचन लडेका थिए । पछिल्लो निर्वाचन भने उनले चितवनबाट लडेका थिए । शिर्ष नेताहरु स्थान परिवर्तन गरेर निर्वाचन लड्नु पर्ने पोलिसी बनाएको माओवादीले पछिल्लो समय असफलता झेल्नु परेपछि आ आफ्नो निर्वाचन क्षेत्र बनाउन थालेका छन् ।

प्रचण्डले निर्वाचनका बिषयमा चितवनका जनतालाई अव चितवन छाड्छ की भन्ने द्विविधामा नपर्न समेत आग्रह गरे । ‘चितवनका जनता कुनै भ्रम र द्विविधामा नपर्नु, म चितवन छाडेर बाहिर जान्न,’  उनले भने, -‘अबको निर्वाचन चितवनबाटै लड्छु। यो निर्वाचन मेरा लागि अन्तिम पनि हुनसक्छ।’

प्रचण्डले पत्रकारहरुको एक प्रश्नमा सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरे । उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल नभएको बताउँदै न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको प्रष्ट पारे।

प्रचण्डले आफु एमालेको महत्वमा परेकै कारण बुटबलमा हुने भनिएको एमालेको १० औँ महाधिवेशन चितवनमा सारेको समेत बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष