२ कार्तिक २०८३, सोमबार | October 19, 2026

मुख्यमन्त्री शाक्यले बुझाइन प्रदेश प्रमुख समक्ष राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजनीनामा दिएकी छिन् ।
शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।

प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी शाक्यले त्यहाँबाट निस्किएर प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् ।

त्यसअघि बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाक्यले आफुले पदबाट राजीनामा दिन लागेको घोषणा गरेकी थिइन । उनले भनिन, ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु ।’ उनले आफुलाई छोटो समयको बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । शाक्यले आगामी दिनमा मिलेर अघि बढ्ने बाटो एमालेले यही देखेका कारण आफुले राजीनामा गरेको जिकिर गरिन ।

नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन । उनलाई त्यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएकी शाक्य नेपालले नयाँ पार्टी गठन गर्नुअघि पार्टीको संस्थापन पक्षमा विलय हुँदै मुख्यमन्त्री बन्ने बाटो लिएकी थिइन । तर संसदमा एकल बहुमत रहेको एमालेमा विभाजन आएलगत्तै शाक्यको पद सुरुदेखि नै धरापमा पर्दैआएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट