९ बैशाख २०८३, बुधबार | April 22, 2026

फेरि ढकेलियाे काँग्रेस महाधिवेशनकाे मिति (नयाँ तालिका सहित)



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन गर्ने निर्णयलाई परिवर्तन गर्दै अव मंसिर २७ गतेदेखि पुस १ गतेसम्म महाधिवेशन गर्ने गरि नयाँ तालिका प्रस्ताव गरिएको छ । पूर्व निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पछाडी सारेको हो ।

केन्द्रीय निर्वाचन समितिको आजको बैठकले सार्वजनिक गरेको नयाँ तालिका अनुसार वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ भने कात्तिक ३० मा पालिका अधिवेशन सक्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

मंगलबार कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिए अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले बताए । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ तालिका केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि मात्र तालिका कार्यान्वयनमा आउने छ ।

कांग्रेसको प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन समेत हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडारपालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते : जिल्ला अधिवेशन
मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि पौष १ गते : केन्द्रीय महाधिवेशन

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : १३ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन