२१ असार २०८३, आइतबार | July 5, 2026

माधव नेपालको आरोप – न्यायालय बिगार्ने ओली हुन्



धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीकै कारण न्यायालयमा समस्या उत्पन्न भएको आरोप लगाएका छन् ।

धनगढी विमानस्थलमा संचारकर्मीसँग आज कुरा गर्दै अध्यक्ष नेपालले देशको प्रणालीमै हस्तक्षेप गरी भत्काउने ओली प्रवृत्तिको उपज अहिले देखिएको बताए ।

नेपालले ओलीले न्यायालयलाई अनावश्यक रिस पोख्ने काम गरेको पनि आरोप लगाए । ‘न्यायपालिकामा हस्तक्षेप गर्ने काम ओलीबाटै भएको हो’ नेपालले भने ‘न्यायापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा ओलीले अनावश्यक रिस साँधिरहनुभएको छ । स्वतन्त्र न्यापालिकालाई लान्छना लगाउने काम गर्दै आउनुभएको छ ।’ नेपालले भने ‘ओलीको अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रबृतिको उपज अहिले देखिएको छ । उहाँको असहिष्णु स्वभाव, अलोकतान्त्रिक र जवजविरोधी स्वभाव र चरित्र नै यो मुलुकका लागि ठूलो समस्या भएको छ ।’

देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने नेपालको भनाइ थियो । ‘ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो’, अध्यक्ष नेपालले भने।

न्यायालयमाथि ओलीको टिप्पणीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आपत्ति प्रकट गरेका थिए ।

यस्तै अध्यक्ष नेपालले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘गठबन्धनमा महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ’, नेपालले भने ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको दाबी गरे । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उनले भने ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारे ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ४८ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल