२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

प्रतिनिधिसभा बैठक १८ दिनसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनपछि बस्नेगरी स्थगित भएको छ ।

आजको बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विगतमा जस्तै रोष्टम घेराउन गर्दै नाराबाजी गरेको केही समयपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १८ दिनपछि बस्नेगरी स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेले लगाउँदै आएको छ ।

एमाले सांसदहरुको अवरोधकै बीच सभामुख सापकोटाले बैठक केहीबेर अघि बढाएका थिए । सापकोटाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएकोबारे राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । यसैगरी कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए। यस्तै सभामुख सापकोटाले संसदमा अनुपस्थित हुने सांसदहरुको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे ।

सभामुखले १८ दिन बैठक स्थगित गरेपनि सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ५२ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा