२१ चैत्र २०८२, शनिबार | April 4, 2026

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ



त्रिशूली । नुवाकोटको सूर्यगढी गाउँपालिका-५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका-४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

पक्राउ पर्ने अन्यमा विदुर-१ का कृष्ण विश्वकर्मा, विदुर-४ का केशवप्रसाद पन्त, विदुर-५ का नवीन चित्रकार, विदुर-६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा-१० का सन्तोष त्रिपाठी, लिखु गापा-३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर-६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबाट १६० पत्ती ताससहित ३ लाख ५२ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२