२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

किसानको सहभागितामा लगत संकलन र राहत वितरण गर : किसान महासंघ (क्रान्तिकारी केन्द्र)



काठमाडौं । सत्तारुढ नेकपा मोओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नेपाल सरकारले घोषणा गरेको बाढी पहिरो र डुबान पीडित नागरिकका लागि घोषणा गरेको राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न माग गरेको छ । क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्र बहादुर श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षा, बाढी, पहिरो तथा डुबान प्रभावित सम्पूर्ण किसानहरुको सहभागितामा तत्काल लगत संकलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गरिएको छ ।

क्रान्किारी केन्द्रले सरकारको तर्फबाट तत्काल किसान राहत कोष स्थापना गर्न समेत माग गरेको छ । ‘प्राकृतिक विपद्हरु तथा कृषि क्षेत्रलाई प्रभावित पार्ने विभिन्न समस्याहरु नियमित रुपमाआइरहने भएकोले त्यस्ता समस्याहरु पर्दा वास्तविक उत्पादक किसानहरुलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिमा ५ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना र सञ्चालन गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा मौसम पूर्वानुमानका कार्यहरु र सूचना तथा जानकारीहरुलाई स्थानीय निकायहरु मार्फत किसानहरु र आमजनताको पहुँचमा पुर्याउन समेत आग्रह गरिएको छ । प्राकृतिक विपद्हरु र तिनबाट उत्पन्न हुन सक्ने जोखिमबाट किसानहरु र आमनागरिकको जीउधन सुरक्षित हुने अवस्था सिर्जना गर्न पनि क्रान्किकारी केन्द्रले माग गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा