२० बैशाख २०८१, बिहिबार | May 2, 2024

स्थानीय तहको निर्वाचनमा किसानका हक हितको ग्यारेन्टी गर : किसान महासंघ



बुटवल । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सम्वन्वय कमिटीले अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

अन्तक्र्रियाबाट महासंघले ४० बुँदे घोषणापत्र जारी गरेको छ । महासंघले जारी गरेको घोषणापत्रमा अवको स्थानीय तहको निर्वाचनमा किसानका हक हितको ग्यारेन्टी गर्न माग गरिएको छ । त्यस्तै सबै स्थानीय सरकार किसानमैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

अन्तक्र्रियामा बोल्ने वक्ताहरुले आफ्नो हक अधिकारको रक्षाका लागि सबै किसानहरु एकतावद्ध हुनुपर्नेमा जोड दिंदै किसानमुखी नीति तथा कार्यक्रम ल्याउन र कृषि उत्पादनमा विशेष भूमिका खेल्न तीनै तहका सरकारसँग माग गरेका थिए ।

कार्यक्रममा महासंघका स्थायी समिति सदस्य कविराम अर्याल, केन्द्रीय सदस्य महेन्द्र गिरी, पुरन गुरुङ, लक्ष्मण भण्डारी, एमाले केन्द्रीय सल्लाहकार बुद्धिसागर भट्टराई, किसान महासंघका प्रदेश सदस्य चोलाकान्त भट्टराई, रुपन्देही जिल्ला अध्यक्ष कृष्ण पन्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ५१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका