२८ माघ २०८२, बुधबार | February 12, 2026

प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने विषय गठबन्धनमा उठेको छैन : माधव नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको बताएका छन् ।

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले काम विशेषले बाहिर भएका कारण प्रधानन्यायाधीस विवादबारे आफुलाई जानकारी नभएको जिकिर गरेका छन् । ‘न्यायपालिका क्षेत्रमा केही समस्या भएका छन् भन्ने सुनेको छु,’ नेपालले भने, ‘काठमाडौं बाहिरबाहिरै भएकाले अरु हिसाबले बुझ्न पाएको छैन ।’

नेपालले न्यायालय र प्रधानन्यायाधीसलाई विवादमा ल्याउने काम केपी शर्मा ओलीका कारण भएको दाबी समेत गरे । कसैको मानसम्मान नगर्ने, सिस्टम भत्काउँदै हिँड्ने काम ओलीबाट सुरु भएकाले न्यायिक क्षेत्र समेत समस्यामा परेको नेपालले बताए ।

नेपालले भने, ‘उहाँले (ओली) अनेक किसिमका जालझेल, तिगडम गर्नुहुन्छ । अहिले प्रधानन्यायाधीससहित पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ ।’

अध्यक्ष नेपालले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नभएको बताए । ‘हल्लाको पछि कुद्न जरुरी छैन’, ‘महाअभियोगको कुरा हामी (गठबन्धन)बीच आएको छैन ।

त्यसक्रममा अधयक्ष नेपालले राज्यलाई बढी आर्थिक भारबाट जोगाउन तीन तहको चुनाव एकै पटक गर्नुपर्ने धारणा राखे । नेपालले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ । एउटा प्रदेशको काम एकचोटी सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटी । यसो गर्दा राष्ट्रको सम्पति जोगिन्थ्यो होला ।’

पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : ११ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी