काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरु विरुद्ध परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
न्यायाधीसहरुले इजलास बहिस्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दा समेत प्रभावित भएर न्याय पाउने हक उल्लंघन भएको जिकिर गर्दै तत्काल मुद्दा हेर्न परमादेशको माग गर्दै रिट दायर भएको हो ।
अधिवक्ता कृष्ण प्रसाईं लगायतका अधिवक्तहहरुले दायर गरेको रिटमा मुद्दाको सुनुवाई नहुँदा बन्दी तथा थुनामा रहेकाहरुमा अपूरणीय क्षति हुने दाबी गर्दै शुक्रबारबाटै मुद्दाको स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरेका छन् । रिटमा भनिएको छ – ‘विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ ९२०, ९३० बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ ।’






















प्रतिक्रिया