४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्न आवश्यक छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताएका छन् । माओवादी केन्द्रको रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्नका लागि माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताए ।

उनले माओवादी आन्दोनलाई प्रतिगामीहरुले घेराबन्दी गरिरहेको बताउँदै अब प्रतिगामीहरुको घेराबन्दी तोड्न माओवादी आन्दोनलाई एकीकृत गर्नै पर्ने आवश्यकता रहेको बताए । माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पुर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्न अग्रसर हुनु पर्ने बताउँदै केसीले माओवादीको आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढाउनु पर्नेमा जोड दिए ।

माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने उल्लेख गर्दै उनले महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संष्लेषण गर्नुपर्ने बताए ।

नेपालमा बामपन्थीहरुको एकतालाई मजवुत बनाउने महान योजनालाई एमाले अध्यक्ष केपी ओलीले वज्रपात गरेको बताउँदै उनले फेरिपनि असली कम्युनिष्ट पार्टी बनाउने अभियानमा माओवादी केन्द्र अगाडि बढेको स्पष्ट पारे ।

आम जनताको सेवकको रुपमा पार्टी निर्माण गरी देश र जनताको समृद्धीका लागि सबै कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न जरुरी भएको मुख्यमन्त्री केसीको भनाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०५ बजे

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि