१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका छन् । ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले छिट्टै प्रदेश प्रहरी गठन हुने बताए ।

मुख्यमन्त्री केसीले संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताए । उनले जनतको आपत विपतमा पनि नेपाल प्रहरी नेपाली जनताको साथमा रहेकोले सधै प्रहरीलाई जनताले सम्झिने बताए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माकाले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताए । उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रुप दिनका लागि सरकार लागि परेको बताए ।

सभापतिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद अधिकारीले सबैलाई सेवामा निश्वार्थ भावले लाग्नका लागि निर्देशन दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : १२ बजे

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कपिलुवस्तुमा भएको दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु । शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा

Snowfall affects Kailash-Mansoravar journey

Humla: As many as 41 Nepali have been stranded in

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको