१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस् : युवा तथा खेलकुद मन्त्री गहतराज



काठमाडौं । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोँच्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद कार्यालयको शुक्रबार अनुगमनका क्रममा बोल्दै मन्त्री गहतराजले अहिलेकै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षमा नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतरा रहेको बताएका हुन् ।

पछिल्लो समय ठुलो मात्रामा युवाहरु बिदेशिने गरेको तर्फ ईगित गर्दै मन्त्री गहतराजले नपालमै काम गर्न तयार हुने गरि युवाहरुलाई सपना देखाउन जूरी रहेको बताए । “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” मन्त्री गहतराजले भने, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशिल युवाहरुबाट उप्रेरीत हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्नेखालका योजनाहरु अगाडी बढाउनुहोस ।”

उनले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्न पदाधिकारीहरुलाई आग्रह गरे ।

युवाहरुको लागि योजना बनाउँदा साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै उनले सामान्य कर्मचारी भन्दा माथी उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफुलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नीतिगत कुराहरुलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए ।

कार्यक्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने औंल्याए ।

राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्त्री गहतराजले शुक्रबार भक्तपुर ठिमि पुगेर परिषदको कार्यालयमा अनुगमन गरेका थिए । अनुगमन गर्न पुगेका मन्त्री गहतराजलाई युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ३१ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष