३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : खेलकुद मन्त्री गहतराज



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री गहतराजले जानकारी दिए ।

राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले पुरस्कार कार्यविधि मार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताउका हुन् । राष्ट्रको लागि आफ्नो जिवनको उर्जावान समय खर्च गर्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको महशुस गरेर नै पुरस्कार कार्यविधि लागु गर्न लागिएको बताउँदै मन्त्री गहतराजले खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे । “हामीले ऐन मार्फत खेलाडीहरुको पुरस्कार राशी सुनिश्चित गरेका छौं” उनले भने, “अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरुप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन । यसले खेलाडीको बृत्ति बिकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठुलो मद्धत मिल्नेछ ।”

उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका बिभिन्न प्रतिस्पर्धामा पदक बिजेता तथा किर्तिमान बनाउन सफल खेलाडीहरुलाई विधागत रुपमा पुरस्कारको ब्यवस्था गरीएको बताए । नेपाली खेलाडीहरु हरेक किसिमका खेल खेल्न सक्षम भएपनि उनिहरुलाई हौसलाको कमी रहेको उल्लेख गर्दै उनले भने, “नेपाली खेलाडीहरु आफैमा साहसी र सक्षम छन, उनिहरुको हौसला बढाउन जरुरी छ ।”

मन्त्री गहतराजले पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीहरुलाई आग्रह समेत गरे ।
नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि तेक्वान्दो प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्धेश्यले प्रशिक्षक अभिमुखिकरण कार्यक्रम संचालन गरीएको कार्यक्रमका सभापती तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय सदस्य बुद्धी थापाले जानकारी दिए । कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय देखि प्रदेश स्तरीय रेफ्री तथा प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ९ : ०४ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने