१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल : खेलकुद मन्त्री गहतराज



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताएका छन् । प्रतियोगिता समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधबार बिहान नेपालगन्जस्थित राँझा विमानस्थलमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैमा ऐतिहासीक उपलब्धि भएको बताए ।

मन्त्री गहतराजले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको गरे । उनले प्रतियोगिता संचालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको बताए ।

प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले खेल जगतलाई दुःखी बनाएको बताउँदै उनले सरकारले सो घटनाबारे अनुसन्धान गरिने बताए ।

उनले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको समेत बताए ।

पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै मनत्री गहतराजले कम समयमा खेलकुदको समग्र विकासमा आफुले धेरै उल्लेख्य काम गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ४७ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत