१ पुस २०८२, मंगलबार | December 16, 2025

अफगानी नागरिक नेपाल छिर्ने आशँकामा नेपालगन्ज नाकामा सुरक्षा जाँच कडा पारियो



नेपालगन्ज । नेपालमा गैरकानुनीरुपमा अफगानिस्तानीहरु प्रवेश गरेको भेटिएपछि नेपाल भारत सीमाको नेपालगन्ज नाकामा कडाई गरिएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गरेको पाइएपछि नाकामा कडाई थालिएको हो । प्रहरीले आजै बाट नेपालगन्जको जमुनाहा नाकामा सुरक्षा जाँच कडा पारेको छ ।

खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने आँकलन गर्दै सीमानाकामा कडाई गरिएको बाँके प्रशासनले जनाएको छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।

आफगानीहरु नेपाल प्रवेश गर्दा भारतीय अधारकार्डको प्रयोग गरेको पाइएका कारण भारतीय आधार कार्ड देखाएर प्रवेश गर्न खोज्नेहरुमाथि पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ । आफगानिस्तानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेको समाचारहरु आइरहेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज