१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

भारतीय फूलका माला उनेर कोल्डस्टोरमा भण्डारण भइसक्दा नेपाली किसान बारीमा झरेको फूल टिप्दै



बुटवल । फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने रुपन्देहीका फूल किसानहरुको प्रयासमा यस वर्ष तुषारापात भएको छ । बेमौसमी वर्षाका कारण हरेक वर्ष भारतबाट आउने करोडौंको फूललाई प्रतिस्थापन गर्ने जिल्लाका किसानहरुको सपनामा तुषारापात भएको हो । तिहारलाई लक्षित गर्दै लगाएको फूलका बिरुवालाई वर्षातले डुबायो । वर्षात रोकिएपछि लगाएका बिरुवा तयार नभएपछि यस वर्षको तिहारमा भारतको फूलले बजार पाउने भएको छ ।

सैनामैनाकी सुमित्रा शर्माले यस वर्ष लाख बढीको फूल बेच्ने योजना बनाएकी थिइन् । अघिल्लो वर्ष बुटवलको ट्राफिक चोकमा फूलको माला पु¥याउन नसकेकी उनले वर्षाका कारण फूलका बिरुवा मरेपछि यस वर्ष सैनामैनाकै मुर्गियामा तिहारका लागि फूलको माला बेच्ने योजना बनाएकी छिन् । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत पनि फूल नफूलेपछि उनी मालामा व्यापारमा खुम्चिन बाध्य छिन् । तिहारका लागि फूल त तयार छ, तर भनेजति फूलेनन् । सुमित्राले भनिन्, ‘३० प्रतिशत पनि फूल तयार हुन सकेनन्, तिहारपछि भने प्रसस्त फूल फूल्ने तयारीमा छ ।’

त्यसो त रुपन्देहीको सैनामैनामा मात्र ११ वटा नर्सरीमा तिहारका लागि फूल तयार छन् । २० बढी नर्सरीमा व्यवसायिक नर्सरीमा फूलखेती गरिएपनि वर्षाका कारण पहिलो लटमा लगाईएका विरुवाहरु मरेपछि दोस्रो लटमा लगाइएका बिरुवाले तिहारलाई फूल फूलाउन सकेनन् । सैनामैनाकै नरेन्द्र पाण्डेले लगाएको ५ कठ्ठा खेतमा आधाआधी फूल तिहारका लागि तयार छन् । ‘समयमा फूल फूलाउन सकेको भए भारतको फूल आउन रोक्न सकिने थियो, नरेन्द्र भन्छन्, – वर्षातले बर्बाद पा¥यो ।

प्रदेशकै नमुना फूलखेती गरिरहेको तिलोत्तमाको क्षितिज नर्सरीले भने यो वर्ष राम्रै फूल फूलाएको छ । क्षितिजको बगैंचामा फूलेका फूलहरुले सानो मात्रामा भएपनि भारतीय फूललाई प्रतिस्थापन गर्ने देखिन्छ । १ बिगाहा बढी जग्गामा फूलखेती गरेको क्षितिज नर्सरीमा महिलाहरुको मात्र आवद्धता रहेको छ । क्षितिज नर्सरीमा यतिबेला धमाधम तिहारका माला तयार भैरहेका छन् । अघिल्लो वर्ष ७ लाख बढीको फूलको कारोवार गरेको क्षितिजले यो वर्ष पनि त्यत्तीकै अपेक्षा गरेको छ । ‘ईच्छा त दशलाख भन्दा बढीको फूल बेच्ने छ नी , तर मौसमले दिएन र पो’, क्षितिज नमुना नर्सरीकै संचालिका नविना क्षत्रीले भनिन् ।

फूलखेतीसँगै जोडिएको आकर्षक माला बुन्ने कला नभएका कारण पनि नेपाली फूलले बजार नपाएको फूल किसानहरुको गुनासो छ । पछिल्लो समयमा फूलखेतीमा प्रदेश र स्थानीय सरकारले लगानी गरेपनि माला बुन्ने, गाडी सजाउने, मण्डप बनाउने जस्ता फूलसँग सम्बन्धीत कला सिकाएर जनशक्ति निर्माण गर्न सके फूलको व्यापार अझै बढाउन सकिने उनीहरुको भनाइ छ । नेपाली माला लामो समय ताजा रहेपनि आकर्षक बुनाई नहुँदा बजारमा समस्या देखिएको सैनामैनाकी फूल किसान सुमित्रा बताउँछिन् ।

यो वर्ष रुपन्देहीको बुटवल र तिलोत्तमा बेमौसमी अधिक वर्षाका कारण बढी मारमा परेको छ । तिहार लक्षित फूलहरु पानीले डुबाएपछि अर्को चरणमा लगाएको फूलतिहारमा फूल्न नसकेको रुपन्देहीकी फूलखेतीकी अभियन्ता देवी वाग्ले बताउँछिन् । फूलेकै फूल र मालालाई भण्डारण गर्ने प्रविधि नहुँदा किसानहरुले समस्या भोग्नु परेको वाग्लेको भनाइ छ । ‘भारतीय फूलले समयमै माला उनेर कोल्डस्टोरमा भण्डारण पाइसक्यो, नेपाली फूल किसानहरु खेतमै झरेका फूल टिप्न बाध्य छन्’, वाग्लेले भनिन् ।

पुष्प तथा नर्सरी किसानहरुको छाता संस्था लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेको आँकलनमा ५ करोड बढीको फूल भैरहवा भन्सार हुँदै नेपाल भित्रने गर्दछ । उनले थालेको अभियानले भारतबाट आउने फूल र मालाहरुलाई थोरै मात्रामा भएपनि रोक्न सफल भएको पाण्डेको दाबी छ । यो वर्षको तिहारमा रुपन्देहीको सैनामैनाका ११ वटा नर्सरी, नवलपरासीका २ वटा नर्सरी, पाल्पाका २ नर्सरी, दाङको २ नर्सरी र रुपन्देहीको कम्तीमा ६ वटा नर्सरीले तिहारको लागी फूल तयार गर्न सकेको पाण्डेले जानकारी दिए । अधिकांस नर्सरीहरुले बुटवलको ट्राफिक चोकमा फूलको माला बेच्ने गरेको भएपनि नर्सरीमै पुगेर पनि फूल किन्न सकिने पाण्डे बताउँछन् ।

तिहारमा विशेष गरी सयपत्री, मखमली, सुपारी फूल आदी जस्ता फूलहरुको बढी खपत हुने गर्दछ । फूल उत्पादन संगै त्यसलाई भण्डारण गर्ने र आकर्षक माला बनाउने कलाको अभावमा नेपाली फूलका किसानहरुले फाइदा उठाउन सकिरहेका छैनन् । राज्यले किसानहरुको प्रयासमा सहकार्य गर्दै फूलखेतीसँगै भण्डारण र कलात्मक फूलका उपयोग गर्ने जनशक्तिमा लगानी गर्न सके नेपाली फूल किसानहरु अवश्य आत्मनिर्भर बन्न सक्ने देखिन्छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम