६ भदौ २०८३, शनिबार | August 23, 2026

प्रचण्डलाई ओलीको जवाफ – एउटा रोटी र दुई गाँस भात खाएर बस्ने मानिस हुँ, करोडौंको सामान चाहिँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले करोडौंको विलासिताको सामान कहिल्यै नकिनेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै अध्यक्ष ओलीले करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका हुन् । प्रचण्डले हिजो चितवनमा ओलीले बालुवाटार कहिल्यै छोड्न नपर्ने ठानी त्यहाँ करोडौंको सामान थुपारेको आरोप लगाएका थिए ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफुमाथि विरोधीहरुले फत्तुर आरोप लगाएको बताए ।

ओलीले भने, ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’

आफु एउटा रोटी र दुई गाँस भात खाएर बस्ने मानिस भएको ओलीले बताए । ‘त्यसैले मलाई करोडौंको भाँडाकुँडा किन चाहियोस ?’ ओलीले प्रश्न गरे ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : ०१ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र