१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जनगणनाका गणकलाई प्रशिक्षण



बुटवल । राष्ट्रिय जनगणनामा खटिने गणकहरुलाई प्रशिक्षण दिन शुरु गरिएको छ । बुटवल उपमहानगरको गणनामा खटिने गणकहरुका शनिबार देखि ४ दिने शुरु भएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यसपटक घर, जनावर र मानिसको गणना हुने भएकाले पनि गणनाबाट आउने तथ्याँक महत्वपुर्ण हुने बताईन । उनले अहिले तयार गरिएको जनगणनाको फर्म विशिष्ट किसिमको भएकाले बैज्ञानिक रुपरेखा प्राप्त गर्न सहयोग हुने बताईन ।

कार्यक्रममा विश्व हिन्दु महासंघका बेन बहादुर पौडेलले नेपाल ८४ प्रतिशत हिन्दुहरु रहेको देश भएको भन्दै जाति र धर्मको विषयमा हस्तक्षेप हुन नहुने बताए । यसपटक धर्मको खण्डमा ११ उपविधा राखिदा हिन्दु धर्म घटने देखिएको बताए ।

कार्यक्रममा केन्द्रीय तथ्याक विभागका निर्देशक रामहरि गैरे, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल ख का जनगणना प्रमुख सुरेन्द्र पाण्डे, लुम्बिनी प्रदेश जनगणना कार्यालयका प्रमुख कृष्णराज पाण्डे, स्थानिय जनगणना कार्यालय, बुटवलका प्रमुख कोपिला ज्ञवाली, सुपरिवेक्षण सृजना अधिकारी लगायतले राज्यलाई आवश्यक पर्ने तथ्याक उपलब्ध गराउने एउटा महत्वपुर्ण पाटो भएको भन्दै सबै गणकहरु तालिममा ध्यान दिएर कार्यक्षेत्रमा लाग्न सुझाव दिए । चार दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक युवराज पन्थी, रोमनाथ घिमिरे, बिष्णु प्रसाद पन्थि, सन्तोष भट्टराईले सहजिकरण गरेका थिए । करीब २ सय २५ बढि गणकहरुलाई तालिम दिईने जन गणना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर