२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

यसरी बन्यो जलवायु मुद्दा



काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ ।

विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प्रतिनिधिले यो सम्मेलनमा सहभागिता जनाउँदै छन् । उनीहरूले जलवायु परिवर्तनका विविध आयाममा छलफल गर्नेछन् । जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नेछन् ।

जलवायु परिवर्तनलाई मानव जातिले सामना गर्ने सबैभन्दा ठूलो समस्याका रूपमा लिइएको छ। यसले हावापानी र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तन गर्छ। मानव गतिविधिले हाम्रो ग्रहको मौसम परिवर्तन गर्न सक्छ भन्ने वैज्ञानिकको दाबीमा एक शताब्दीको अनुसन्धानपछि मात्र विश्वस्त हुन थालेको पाइन्छ ।

यससम्बन्धी वैज्ञानिक खोजको इतिहास १९ औं शताब्दीको सुरु तिरको हो। सन् १८२० मा फ्रान्सेली वैज्ञानिक जोसेफ फोरियरले सूर्यबाट पृथ्वीको दूरीलाई ध्यानमा राख्दै पृथ्वी जति न्यानो छ त्यति हुनुहुँदैन भन्ने निष्कर्ष निकाले । उनले यस ग्रहलाई न्यानो राख्न सौर्य विकिरणबाहेक अन्य केही तत्वले भूमिका खेलेको हुनुपर्ने भन्ने दाबी गरे । वायुमण्डलले यसमा महत्वपूर्ण भूमिका निभाएको पत्ता लगाए । फोरियरले मानव गतिविधिले जलवायु परिवर्तनलाई प्रभाव पार्न सक्ने शंका गरे । यसलाई प्रायः ‘हरितगृह प्रभाव’ भनेर चिनिने पछिल्ला अनुसन्धानको आधार मानिन्छ ।

आइरिस भौतिकशास्त्री जोन टिन्डलले सन् १८२० देखि सन् १८९५ सम्मको अवधिमा विभिन्न ग्यासले विभिन्न मात्रामा ताप छाड्ने विषयमा अध्ययन गरे । उनले वायुमण्डलको संरचनामा भएको भिन्नता जलवायु परिवर्तनमा जिम्मेवार हुन सक्ने बताए । टिन्डलले कार्बनडाइअक्साइडले पनि तापलाई सोस्न सक्ने पत्ता लगाए ।

स्विडेनका वैज्ञानिक भान्ते एरेनियसलाई वायुमण्डलमा कार्बनडाइअक्साइड थुप्रदा यसले विश्वव्यापी तापमानमा कसरी प्रभाव पार्न सक्छ भन्ने सिद्धान्त प्रकाशन गर्ने पहिलो व्यक्ति मानिन्छ । उनको गणनाअनुसार कार्बनडाइअक्साइडलाई आधा घटाउँदा बरफ युग सुरु हुन्छ भने दोब्बर बनाउँदा यसले पृथ्वीको तापमानलाई ५ देखि ६ डिग्री सेल्सियससम्म बढाउँछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकला खड्काले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १५ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको