१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना



परासी । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।

जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयका लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ । सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले जानकारी दिए ।

“यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उनले भने ।

सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ ।

सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताए । उहाँले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि  पाँच लाख विनियोजन गरेको जानकारी दिए ।

सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उनले बताए । थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : १३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू