३ पुस २०८२, बिहिबार | December 18, 2025

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना



परासी । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।

जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयका लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ । सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले जानकारी दिए ।

“यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उनले भने ।

सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ ।

सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताए । उहाँले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि  पाँच लाख विनियोजन गरेको जानकारी दिए ।

सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उनले बताए । थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : १३ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको