१० श्रावण २०८३, आइतबार | July 27, 2026

बुटवलमा दुइदिने चित्रकला प्रर्दशनी शुरू



बुटवल । बुटवलमा सिर्जनशील चित्रकला प्रर्दशनी शुरू भएको छ । २ दिनसम्म संचालन हुने चित्रकला प्रर्दशनीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले एक समारोहबिच उद्घाटन गरे ।

उनले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताए ।गरिएको बताए । उनले समयमै कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न नसके ठूलो समस्या निम्तिन सक्ने बताए ।

बुटवल उपमहानगर भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रर्दशनी भएको हो । प्रदर्शनीमा चित्रकला सम्बन्धि विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गरिन् ।

सो अवसरमा बोल्दै उपमहानगरकी उपमेयर गोमादेबी आचार्यले परिषदको सक्रियताको प्रशंसा गरिन् । उनले संस्कार र संस्कृतिको जगेर्नामा लाग्नुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङको संचालनमा उद्घाटन कार्यक्रम भएको हो । सो अवसरमा कार्यक्रम संयोजक झविन्द्र थापा लगायलते बोलेका थिए ।

चित्रकला प्रर्दशनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका छन् । बुटवलको न्यु इरा होटलमा शुरू भएको चित्रकला प्रर्दशनीमा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ३६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले