२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

आफ्नो पार्टी नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । आचार्यले आफ्नो सरकारले गरेको काम कारवाहीबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका छन् ।

विपक्षी गठबन्धनको स्पष्ट बुहमत रहेको प्रदेशसभामा आफुले मागेको विश्वासको मत नपाउने भएपछि आचार्यलेले मतविभाजन हुनुअघि नै राजनीनामा दिन लागेका हुन् ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आचार्य विरुद्ध एकजुट भएका छन् । ती दलका सबै सांसदहरुलाई सत्तापक्षले प्रभावित पार्न सक्ने भयले विराटनगरस्थित विग होटलमा राखिएको छ ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश १ प्रदेशसभामा सभामुखसहित ९२ सांसद रहेका छन् । बहुमतका लागि ४६ मतको आवश्यक पर्छ । एमालेका ४१ सांसद रहेका छन् । यसैगरी कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका एक जना सांसद गुलेफुन खातुन कीर्ते अभियोगमा फरार रहेका छन् ।

यसअघि यही कात्तिक ५ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । तर नेपाली कांग्रेसको अन्तरविरोधका कारण बैठक प्रभावित भएको थियो । कांग्रेस र एमालेले प्रदेशसभा बैठक स्थगित गर्न लिखित सूचना दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : ४६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका