१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा पदबाट राजीनामा



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन् ।

आफ्नो पार्टी नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामा दिएका हुन् ।
आचार्यले बैठकलाई सम्बोधन गर्दै भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

विपक्षी गठबन्धनको स्पष्ट बुहमत रहेको प्रदेशसभामा आफुले मागेको विश्वासको मत नपाउने भएपछि आचार्यलेले मतविभाजन हुनुअघि नै राजीनामा दिन बाध्य भएका हुन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, उनी भदौ २५ गतेदेखि नै अल्पमतमा परिसकेका थिए ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आचार्य विरुद्ध एकजुट भएका छन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश १ प्रदेशसभामा सभामुखसहित ९२ सांसद रहेका छन् । बहुमतका लागि ४६ मतको आवश्यक पर्छ । एमालेका ४१ सांसद रहेका छन् । यसैगरी कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका एक जना सांसद गुलेफुन खातुन कीर्ते अभियोगमा फरार रहेका छन् ।

यसअघि यही कात्तिक ५ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । तर नेपाली कांग्रेसको अन्तरविरोधका कारण बैठक प्रभावित भएको थियो । कांग्रेस र एमालेले प्रदेशसभा बैठक स्थगित गर्न लिखित सूचना दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले