१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बर्दियाको गुलरियाबाट ९ जना जुवाडे सहित २ लाख बरामद (जुवाडेको नामसहित)



बर्दिया । बर्दिया प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई तास खेलिरहेकै स्थानबाट पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका ७ गुलरिया गाँउ स्थित रमेश यादवको घरमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तास खेलाउने घरधनी रमेश यादव सहित गुलरिया ३ का रतिराम चौधरी, वडा नम्बर ७ का श्यामु यादव, वडा नम्बर ४ का गुमान बहादुर मल्ल, वडा नम्कर १० का तेजकुमार चौधरी, मधुवन ८ का सुरेश वली, मधुवन ७ का टेकेन्द्र साउद, वडा नम्बर ९ का नारायण क्षेत्री र वडा नम्बर ७ का पदमबहादुर सुनार हुन् ।

पक्राउ परेकाहरुबाट नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र जुवा खेल्न प्रयोग भएको तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनालाई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

त्यसैगरि बाँके प्रहरीले पनि जुवातास खेल्ने २ जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले खजुरा गाँउपालिका २ ए गाँउबाट जानकी गाँउपालिका ३ का अशोक वर्मा र भारत बहराईच जिल्ला रुपैडियाका राधे चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : २८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम