१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास ‘एक्स् टिक नेल २०२२’ सुरु भएको छ ।

सेनाको छाउनीस्थित रेञ्जर गणमा सुरु भएको उक्त अभ्यासमा सेनाको खोज तथा उद्धार कार्यमा संलग्न हुने ५० र अमेरिकी सेनाका २० सैनिकको सहभागिता छ ।

काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्प इलाकामा सञ्चालन हुने तालिममा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा खोज एवं उद्धारका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यास मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यास सुभारम्भ कार्यक्रममा सेनाको विशेष फौजका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासका प्रशान्त सहयोग टोली, सैनिक प्रतीरक्ष सहयोग कार्यालयका प्रमुख तथा सेनाका रथीवृन्द तथा अधिकृत उपस्थित थिए ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न फौजमा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालीमबाट दुई देशबीचका मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : २८ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई

घोषणापत्रमा ‘भिजन-१०’ समेट्दै कांग्रेस, सुशासन र कार्यान्वयन योग्य योजनामा जोड

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने चुनावी

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ