३ पुस २०८२, बिहिबार | December 18, 2025

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन अर्थमन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्ने बताए ।

मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गरे । ‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उनले भने, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’

समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याउँदै शर्माले त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने बताए । उनले कुनै पनि कार्य गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउँदैै खबरदारी नभए नेता बाटोबाट बहकिने खतरा बढ्ने बताए । ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन’, उनले भने ।

मन्त्री शर्माले स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै स्रोत र साधन उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सकिने जिकिर गरे । संघीयताको पूर्ण कार्यान्वयनका लागि पनि स्थानीय तहलाई थप अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ५३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन